(Hey, Yogesh, you make this uno?)
मे-मे-मेरो टाइप त तिमी, तर हेर, तिम्रो टाइप कति
स्वर्गलोककै परी, तिमीलाई घुमाउनलाई गाइड कति
पैसामा उभिँदा नौ फीट, भन, तिम्रो हाइट कति?
बोकाहरू कति तिम्रो देब्रे अनि right पट्टि
गाँवैभरि famous, तिम्रो भाउ अति भो (अति भो)
भन्देऊ तिम्रो नाउँ, अनि नम्बर कति हो?
दुई डाँडा छ जग्गा मेरो, ठाउँ कति हो
लालपुर्जा ल्याइदिम्ला मेरो बाउपट्टिको
माया, लोकल ल्याइदेऊ न गिलासमा
हर्केको छोरी, तिम्रो फिदा म
खटिया तताइदेऊ आई बिदामा
ठण्डी लाग्याछ मेरो सिरकमा
लुकीछिपी आऊ, माया तस्करी गरौँला
दुई तलाको घर अनि बगैँचा बनाउँला
देशैभरि show छ, म त हिँड्दछु डुलेर
तरुनीको है, माया, लतैमा भुलेर (hey, yeah, yeah, yeah, yeah, yeah, yeah)
बैँस चढ्या हो कि, सोल्टी, कान्छी देखेर?
सल्काइदिऊँ कि मनको आगो सलाई कोरेर?
तिर्खा उसको मेट्यो, मेरो प्यास मेटेन
लुकीछुपी आऊ न मलाई फेरि भेट्न
छमछमी पायल बजाई नाचिदिऊँ कि?
लचकलचक कम्मर मेरो भाँचिदिऊँ कि?
पिरती तिमीसँगै गाँसिदिऊँ कि?
मायाको तीर तिमीतिरै ताकिदिऊँ कि?
Yeah, हल्लाइदेऊ, हल्लाइदेऊ, हल्लाइदेऊ, बारुली कम्मर हल्लाइदेऊ
लुकाएर राखेको तिम्रो जवानी अरूलाई हैन, मलाई देऊ
मलाई देऊ, कान्छी, मलाई देऊ
माया तिमी मलाई देऊ
Yeah, हाम्रो सम्बन्ध केही पनि छैन, तैनि माया तिम्रो किन लाग्छ?
अघि-पछि को-को आउँछ, सबै मलाई देखेपछि भाग्छ
फेवातालमा, कान्छी, फेवातालमा
हराउँछ मान्छेहरू आफ्नै तालमा
सबै okay छ, कान्छी, चिन्ता नगर
आँटोपिठो खाई बसौँ गाउँघर
तितामिठा कुरा गर न गर
मादलु बजाएर छमछम
नाच न, कान्छी, नाच न
आऊ न, कान्छी, पछि फर्की नाच न
मे-मे-मेरो टाइप त तिमी, तर हेर, तिम्रो टाइप कति
स्वर्गलोककै परी, तिमीलाई घुमाउनलाई गाइड कति
पैसामा उभिँदा नौ फीट, भन, तिम्रो हाइट कति?
बोकाहरू कति तिम्रो देब्रे अनि right पट्टि (ए, ए, ए, ए)
छमछमी पायल बजाई नाचिदिऊँ कि?
लचकलचक कम्मर मेरो भाँचिदिऊँ कि?
नाच न, कान्छी, नाच न
आऊ न, कान्छी, पछि फर्की नाच न
Yeah, हल्लाइदेऊ, हल्लाइदेऊ, हल्लाइदेऊ, बारुली कम्मर हल्लाइदेऊ
नाच न, कान्छी, नाच न
कान्छी, नाच न
